Comments Add Comment

बाबुराम पक्षले गोरखामा खोलेको कार्यालय बन्द गर्न निर्देशन

२४ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीको बहस व्यवस्थापन समितिले नेता डा. बाबुराम भट्टराई पक्षले गोरखामा खोलेको छुट्टै कार्यालय बन्द गर्न निर्देशन दिएको छ ।

शीर्ष नेताहरु रहेको बहस व्यवस्थापन समितिको बैठकले समानान्तर कमिटीहरु नबाउने सहमपति पनि गरेको छ । ‘बाहिर बोर्ड नै राखेर कार्यालयहरु नखोल्ने सहमति भएको छ’ भट्टराई पक्षीय नेता देवेन्द्र पौडेलले अनलाइनखबरसँग भने ।

समानान्तर कमिटी बनाएको भट्टराई पक्षले सोमबार मात्र गोरखामा छुट्टै कार्यालय खोलेको थियो । सभासद बनेपछि डा. बाबुराम भट्टराईले संविधानसभा सदस्यको कार्यालय राखेको भवनमा नै नयाँ कार्यालयको बोर्ड राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment