Comments Add Comment

पीडीए सम्झौता नेपालको लागि घातक : लोहनी

prakash-chandra-lohani-2२५ भदौ, भैरहवा । राष्टि्य प्रजातन्त्र पार्टीका नेता डा प्रकाश चन्द्र लोहनीले सरकारले भारतीय प्राइभेट कम्पनीसँग गर्न लागेको उर्जा विकास सम्झौता (पीडीए) नेपालको लागि
घातक हुने बताएका छन् ।

बुधवार भैरहवा गौतम बुद्ध विमानस्थलमा संचारकर्मीहरुसगँको भेटघाट कार्यक्रममा लोहनीले पिडिएमा आमुल परिवर्तन गर्नुपर्ने बताउँदै पीडीए उर्जा व्यापार सम्झौता भने नेपालकै पक्षमा रहेको बताएका हुन् ।

भारतीय कम्पनीसगँ पीडीए सम्झौता भए मुलुकमा कुनै दैवीप्रकोपबाट विद्युत उत्पादनमा क्षती हुन गएमा, त्यसको सम्पुर्ण क्षतीपुर्ती बापत नेपाल सरकारले भारतीय कम्पनीलाई रकम तिनुपर्ने, कुनै राजनितिक कारण वा अन्य कारणवस विद्युत आपुर्ती बन्द भएमा सोको समेत क्षतीपुर्ती सरकारले कम्पनीलाई दिनुपर्ने सम्झौतामा उल्लेख रहेको डा. लोहनीले बताए ।

संचारकर्मीहरुसगँ कुराकानी गर्दै डा लोहनीले उक्त सम्झौता अन्र्तगत मुलुकमा उत्पादन भएको बिजुली मध्ये ८८ प्रतिशत बिजुली भारतीय कम्पनीले भारतमा लग्ने, १ मेघावाट बराबर सरकारले उक्त भारतीय कम्पनीलाई ५० लाख रुपैयाँ अनुदान पनि दिनुपर्ने प्रावधान रहेको कारण पीडीए सम्झौता मुलुकको हित विपरित रहेको बताए ।
सलमान खानबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment