Comments Add Comment

जन्मदिनमा निर्माताले बाँडे क्यान्सरका बिरामीलाई खानेकुरा

madhu-shrestha
मानिसहरु आफ्नो जन्मदिन विभिन्न तरिकाले मनाउँछन् । कोही पार्टी र मस्ती गरेर मनाउँछन् त कोही समाजसेवा गरेर । चलचित्र ‘बजार’, ‘बिन्दास’ र ‘बिन्दास २’का निर्माता मधुकुमार श्रेष्ठले आफ्नो जन्मदिन भने समाजसेवा गरेर मनाएका छन् । आज बिहान भक्तपुर पुगेर उनले भक्तपुर क्यान्सर अस्पतालका बिरामीलाई खानेकुरा वितरण गरेका हुन् ।

अस्पतालमा भर्ना भएका सबै बिरामीलाई उनले खानेकुरा वितरण गरेका हुन् । उनले हर्लिक्स, बिस्कुट लगायतका खानेकुरा वितरण गर्दै सबैलाई स्वास्थ्यलाभको कामना गरे । भक्तपुर क्यान्सर अस्पतालमा १ सय बिरामी छन् । सबै बिरामीलाई राखिएको स्थानमा पुगेर निर्माता श्रेष्ठले स्वास्थ्यलाभको कामना गरे ।

उनले प्रत्येक बिरामीलाई भेट्दै जन्मदिनको शुभकामना पनि लिएका थिए । भक्तपुर क्यान्सर अस्पतालमा पुगेर उनले बिरामीका कुरा सुन्दा कुरुवा समेत खुशी देखिएका थिए । निर्माता श्रेष्ठले आफूलाई सधै नै समाजसेवा मनपर्ने बताउँदै जन्मदिनलाई रमाइलोमा बिताउन नचाहेको बताए । उनको साथमा निर्देशक राजु गिरी, कलाकार सुशान्त कार्की पनि पुगेका थिए । madhu-shrestha-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment