Comments Add Comment

एक बर्षमा १७१ जोडीको सम्बन्ध बिच्छेद !

निमुसंगम घर्ती

२५ भदौ, दाङ । दाङमा एक बर्षको अबधिमा १७१ जोडीले सम्बन्ध बिच्छेद गरेका छन् । देउखुरीस्थित जिल्ला अदालतमा एक बर्षमा १ सय ८८ जोडी श्रीमान् श्रीमतीले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए ।

अघिल्लो बर्षको फच्र्यौट बाँकी रहेका ५८ गरी २ सय ४६ वटा मुद्दा मध्ये १ सय ७१ जोडीको सम्बन्ध बिच्छेद गरेका छन् । सम्वन्ध विच्छेद गर्ने महिलाहरु अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका छन् ।

सम्वन्ध विच्छेद गरी पाउँ भनी आउने महिलाहरुको संख्या धेरै रहेको अदालतका नायब सुब्बा केशब श्रेष्ठले जानकारी दिए । अदालतमा आएका सम्बन्ध विच्छेदका निवेदनलाई आधार मान्दा हरेक दुई दिनमा यौटा सम्वन्ध विच्छेद गरेको पाइएको श्रेष्ठको भनाइ छ ।

कम उमेरमा विवाह गर्नु, श्रीमान परस्त्रीसँग सम्बन्ध बढाउनु, दोस्रो विवाह गर्नु, वैदेशिक रोजगारीले घरमा निम्त्याएको समस्याका कारणले सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या बढ्दै गएको अदालतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment