Comments Add Comment

दसैंमा एक व्यक्तिले २२ हजार नयाँ नोट पाउने

100new२६ भदौ, काठमाडौं । राष्ट्र बैंकले दसैंका लागि करिब २५ अर्ब रुपैयाँबराबरका नयाँ नोट वितरण गर्ने भएको छ । दसैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी केन्द्रीय बैंकले आइतबारदेखि नयाँ नोट वितरण गर्दैछ ।

राष्ट्र बैंकका काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढी शाखाबाट नयाँ नोट प्राप्त गर्न सकिनेछ । वाणिज्य बैंक, विकास बैंक र लघुवित्त कम्पनीले पनि नयाँ नोट बाँड्न पाउने कारोबारमा खबर छ ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नोट वितरण गर्न लागेको हो । १ व्यक्तिले ५, १० र २० का २-२ बन्डल र ५० र सयका १-१ बन्डल नयाँ नोट लिन सक्नेछन् ।
प्रतिव्यक्ति अधिकतम २२ हजार रुपैयाँसम्म नोट साट्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए ।
यसैगरी केन्द्रीय बैंकले दसैं र तिहारमा नयाँ नोटको अभाव हुन नदिन अन्य बैंक/वित्तीय संस्थालाई पनि वितरण जिम्मा दिने भएको छ । बैंकका अनुमानित सेवाग्राही संख्याका आधारमा नोट वितरणगर्ने तयारी रहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment