Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले राष्ट्रिय राजनीतिक सम्मेलन अनिश्चित भएको, दलहरुबीच मिति, एजेन्डा र संयन्त्रमा विवाद रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले गोलमेच गोलचक्करमा परेको, प्रधानसेनापति सरकारी खर्चमा निजी भ्रमणमा रहेको, महाधिवशेनको मिति नटुंगिँदै नेविसंघका प्रतिनिधि आउन थालेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले जाली पासपोर्ट प्रयोग गरेर सिरीयालीहरु नेपाल आउने गरेको, संविधान नबनाउन आफूलाई दबाब आएको बाबुराम भट्टराईको भनाइ रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले कामै नगरी म्याद थप्न प्रस्ताव गरिएको, व्यापारी हत्याको चार वर्षपछि दुईगुन्डा नाइके पक्राउ परेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले त्रिदेशीय समझदारीको केन्द्र नेपाल बनाउन चीनले प्रस्ताव गरेको, जलविद्युतमा लगानी गर्न विदेशी इन्छुक रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment