Comments Add Comment

‘निशानी’ले फर्काउला त प्रशान्तको क्रेज ?

prasant-tamang
चलचित्र ‘गोर्खापल्टन’ हिट भएपछि गायकबाट नायक बनेका प्रशान्त तामाङ रातारात चर्चामा आए । ‘तेश्रो इन्डियन आइडियल’ बनेका प्रशान्तको यसपछि भने कुनै पनि सिनेमा चलेनन् । यसैले पनि प्रशान्तका लागि आजबाट प्रदर्शनमा आएको चलचित्र ‘निशानी’ चल्नु जरुरी छ । विनोद सेरेङको निर्देशनमा तयार भएको सिनेमालाई प्रेम सुब्बाले निर्माण गरेका हुन् ।

चलचित्रमा प्रशान्त तामाङ, प्रेम सुब्बाको साथमा नव-कलाकार अनु गुरुङको अभिनय छ । विर गोर्खालीहरुको कथामा बनेको सिनेमामा नायक प्रशान्त तामाङ लाहुरेको भूमिकामा छन् ।

आजबाट सोलो रिलिज भएको यो सिनेमा हेर्न दर्शक हलसम्म आउने अपेक्षा गरिएको छ । यो सिनेमा पनि नचलेको खण्डमा नायक प्रशान्त तामाङको करिअरमा ठूलो धक्का लाग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment