+
+

पहिरोले दुई घर भत्किए, छ घर डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २७ गते १०:०६

२७ भदौ, जाजरकोट । जाजरकोटको भगवती-३ औलगुत्तामा गएको पहिरोले दुई घर बगाएको छ । शुक्रबार बिहान कागछरा लेकबाट आएको पहिरोले दुई घरमा पूर्ण क्षति पुर्‍याएको छ भने चार घरलाई पुरेको छ ।

लिले दमाईं, जित्ते दमाइर्ंका घर पूर्ण रुपमा ध्वस्त हुनेगरी बगाएको तथा काले दमाईं, भरत शाही, गोपिलाल बोहरा र जयबहादुर शाहीको घर पुरेको स्थानीय मोहन बस्नेतले जानकारी दिए ।

घरका मानिस पहिरो गएको थाहा पाएपछि घर छोडेर बाँचेको र घरमा भएको कुनै वस्तु पनि बचाउन नसकिएको बस्नेतले बताए ।
सो बस्तीका ५० भन्दा बढी घर उच्च जोखिममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?