Comments Add Comment

लण्डनमा नृत्य गर्दै तेरिया

teriya
लण्डन । डिआईडी लिटल मास्टर्सको उपाधि जितेकी नेपाली वालिका तेरिया मगरको नृत्य बेलायतबासी नेपालीले प्रत्यक्ष हेर्न पाउने भएका छन ।
सेप्टेम्बर १३ र १४ तारिखमा बेलायतका दुई छुट्टा छुट्टै शहरमा आयोजना हुन लागेको दशैं मेघा इभेन्टमा तेरियाले नृत्य प्रदर्शन गर्ने भएकी हुन् ।

दशैं तथा तिहारको अवसरमा आयोजना गर्न लागिएको सो कार्यक्रममा सहभागी हुन तेरिया विहिबार लण्डन आइपुगेकी छिन् ।

बेलायतमा रहेका एभरेष्ट मनी ट्रान्सफर, हिमालय ट्राभल्स, निरमाया रोधी घर लगायतले संयुक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा तेरियासंगै गायकद्धय प्रमोद खरेल र मिलन लामा पनि सहभागी हुँदैछन ।

गायक खरेल अन्य कार्यक्रमको शिलशिलामा केहि हप्तादेखि बेलायतमै छन भने लामा तेरियासंगै बिहिबार आइपुगेका हुन ।

आयोजकले कार्यक्रमबाट संकलित रकमको दश प्रतिशत धम्पुसको उदय उच्च मावि लाई प्रदान गरिने बताए । त्यस्तै हालसालैको बाढीपहिरोबाट पिडितका लागि पनि सहयोग गर्ने उनीहरुको योजना छ ।

आयोजकका अनुसार सेप्टेम्बर १३ मा रेडिंग र १४ मा लण्डनको हृयारोमा कार्यक्रम हुनेछ ।

ध्रुबराज अर्याल, लण्डन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment