+
+
Shares

प्रेमले दुखाएको प्रितीको घाउमा मल्हम लगाउँदै सलमान

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २७ गते ११:४९

salman-preety
मुम्बई । प्रेममा विक्षिप्त भएकी अभिनेत्री पि्रती जिन्टालाई सहानुभति दिने काममा अहिले अभिनेता सलमान सक्रिय भएर लागेका छन् । प्रितीलाई सलमानले गरेको सहयोग देख्नेहरु सलमान परिपक्व भएको अनुमान मात्रै गर्दैनन, उमेरले नै उनलाई जिम्मेवार बनाएको बिश्वास गरिरहेका छन् ।

पूर्वप्रेमी नेश बोडियासँगको सम्बन्धका कारण निकै तनाव झेलेकी केही समयका लागि अमेरिका गएकी छिन् । प्रितीले निजी कामका लागि अमेरिका गएको भनेपनि कतिपय मिडियाले भने मिडियाको फेश गर्न नसकेर भागेको आरोप लगाएका छन् । अहिले अमेरिका पुगेकी प्रितीलाई सुटिङको क्रममा अमेरिकामा रहेका सलमानले भने निकै सघाएको विभिन्न एजेन्सीले उल्लेख गरेको छन् ।

अहिले सलमान र प्रिती संगै डिनर गर्दै गरेको र सपिङ मलमा पनि सँगै देखिएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?