Comments Add Comment

दैवीप्रकोप पीडितलाई कृषिविकास बैंकद्धारा १६ सहयोग प्रदान

२७ भदौ, काठमाण्डौं । प्रधानमन्त्री दैवी प्रकोप उद्वारकोषमा कृषि विकास बैकले १६लाख रुपैया सहयोग गरेको छ ।

शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालाई बैकका अध्यक्ष प्रमोद कार्कीले उक्त रकम उल्लेखित चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष कार्कीले बैकले प्रधानमन्त्री कोइरालाको आहृवानलाई सम्मान गर्दै प्राकृतिक विपत्तिमा जनतालाई राहत र पुनस्थापना गर्ने कार्यमा सरकारलाई सघाउनु हरेक संस्थाहरुको कर्तब्य भएकोले सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालक समितिको निर्णयले सो रकम प्रदान गरिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले विपद्को बेलामा सहयोग गर्नुभएकोमा धन्यवाद दिदै सहयोग रकमको सदुपयोग होस भनेर अहिले विशेष ध्यान दिइ सो अनुरुप व्यवस्था गरिएको बताए ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकी सहित वरिष्ठ कर्मचारी र अन्य सञ्चालकहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment