Comments Add Comment

अन्जानमा भएको प्रेमिकाको हत्यामा ओस्कार दोषी ठहर

२७ भदौ, काठमाडौं । दक्षिण अफ्रिकाको एक अदालतले कीर्तिमानी ‘ब्लेड’ धावक ओस्कार पिस्टोरियसलाई अन्जानमा भएको प्रेमिका रीवा स्टीनक्यापको हत्यामा दाषी ठहर गरेको छ ।

Oscar-Pistoriusशौचालयमा कोही अनजान व्यक्ति प्रवेश गरेको आशंकामा ओस्कारले लापरवाही गरेर गोली चलाएको अदालतको ठहर छ ।

अदालतले हतियार राखेकोसहिका केही आरोपमा भने उनलाई सफाइ दिएको छ ।

बुधबार फैसला सुनाउन सुरु गर्दै न्यायाधीश थोकोसाइल मासीपाले ओस्कारलाई प्रेमिका रीवाको सुनियोजित हत्या आरोपमा सफाइ दिएको थियो ।

पिस्टोरियसमाथि आफ्नो २९ वर्षीया गर्ल्डफ्रेण्ड रीवा स्टीनक्यापको गत वर्ष भ्यालेन्टाइन डेको दिन हत्या गरेको आरोप लागेको थियो । उनले भने आरोप अस्वीकार गरेका थिए ।

पिस्टोरियसले २०१२ को लण्डनको पारा ओलम्पिकमा चार सय मिटर दौडमा स्वर्ण जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment