२८ भदौ, दार्चुला । जिल्लाको उत्तरी क्षेत्रमा रहेको १७.४ किलोवाट क्षमताको छाङरु लघु जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।
करिब एक करोड ३९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएका आयोजनाले शुक्रबारबाट बत्ती बाल्न सुरु गरेको छाङरुका स्थानीय ललितसिंह बोहराले बताए ।
गरिवी निवारण कोषको करिव ३३ लाख रुपैयाँ, चीन सरकारको ७३ लाख ५० हजार रुपैयाँ, व्यासी सौका समाजको २१ लाख रुपैयाँ, जिविसको ४ लाख रुपैयाँ र श्रमदानबाट निर्माण सम्पन्न भएको बोहराले जानकारी दिनुभयो ।
छाङरु हिमाली क्षेत्रमा पर्ने भएकाले छ महिना मात्र त्यहाँ मानिसको बसोबास रहने गर्छ । त्यहाँ सबै सौका समुदायको बसोबास छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4