Comments Add Comment

केही पदाधिकारी बैठक छाडेर भागेको प्रदिपजंग पाण्डेको टिप्पणी

२८ भदौ, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले केही पदाधिकारीहरुले बैठक वहिष्कार गरेकाे नभर्इ छाडेर भागेको टिप्पणी गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका र उपाध्यक्ष शेखर गोल्छासहित केही सदस्यहरुले अध्यक्ष अवैधानिक भएको भन्दै महासंघको शुक्रबार धुलिखेलमा भएको चौथो कार्यकारिणी समितिको बैठक बहिस्कार गरेका थिए । भ्रष्टाचारमा दोषी ठहर भएको पाण्डे स्वयंमले स्वीकार गरिसकेकाले उनी अवैध भएको उनीहरुको ठहर छ ।

Pradeep-jung-pandey
फाइल फोटो

तर, पाण्डेले शनिबार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरेर अदालतमा विचाराधीन मुद्धालाई अनावश्यक प्रचार नगर्न आग्रह गरेका छन् । ‘अदालतमा विचाराधिन मुद्धाबारे संसदमा समेत छलफल हुँदैन’ उनले भने-‘यसबारे अनर्गल प्रचार गर्नु गलत हो । महासंघको अनुशासन विपरित हुन्छ ।’

महासंघका केही पदाधिकारी बैठकमा हाजिर नै नगरी हिडेकाले बहिस्कार भन्न नमिल्ने उनले बताए । उनले भने-‘आउने, चियाउने र हिड्नु भनेको भागेको हो । हाजिर नगरी हिडेकाहरुले बहिस्कार गर्‍यौं भन्दैमा बहिस्कार हुँदैन ।’ उनले महासंघको बैठकमा अब हाजिर अनिवार्य गर्ने निर्णय भएको समेत बताएका छन् ।

महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले चित्त नबुझेका कुरा भए बैठकमा आएर राख्न आग्रह गरे । असन्तुष्ट पक्षलाई चेतावनी दिँदै उनले भने-‘आकासतिर फर्किएर थुक्दा आफ्नै अनुहारमा पर्छ भन्ने कुरालाई सबैले ख्याल गर्नुपर्छ ।’

बैठकले पूर्वअध्यक्ष रविराज श्रेष्ठको अध्यक्षतामा अनुसासन समिति बनाएको छ । साथै महासंघका अध्यक्षसहितका केही पदाधिकारीविरुद्ध केही सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै खेल प्रस्ताव समेत पारित गरेको छ ।

कार्यकारिणी समितिको बैठकले शिक्षा, स्वास्थ्य, खेलकुद र प्राकृतिक प्रकोपमा सहयोकालाई सामाजिक कोष बनाउने निर्णय गरेको छ भने विधान संशोधनबारे सुझाव दिन पूर्वअध्यक्ष ढकालको नेतृत्वमा सुझाव समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment