Comments Add Comment

मधेसीलाई प्राज्ञ नबनाएको भन्दै बालुवाटारमा विरोध

madheshi-led-with-pm

  • प्रधानमन्त्रीसँगको भेटमा मधेसी बुद्धिजिवीहरु । तस्वीरः राजेश अहिराजको फेसबुकबाट 

२८ भदौ, काठमाडौं । मधेसी बुद्धिजिवीहरुले प्राज्ञिक थलोमा भएको नियुक्ति समावेशी नभएको भन्दै प्रधानमन्त्री सुशील कोइरालालाई बिरोध पत्र बुझाएका छन् ।

गोपाल ठाकुर, रामरिझन यादव, धीरेन्द्र प्रेमर्षीलगायतले शनिबार प्रधानमन्त्रीलाई भेटेर प्राज्ञिक थलोमा भएको नियुक्ति समानुपातिक समावेशी हुनुपर्ने माग गरेका हुन् । उनीहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा विदेशी अटाउने तर, मधेसी नअटाएको भन्दै धेरै गुनासो आएपछि एउटा कुनामा खाली ठाउँ भरेर समावेशी देखाउने नाटकीय प्रवृत्ति देखिएको बताएका छन् ।

‘कुनै समुदायको भाषिक-सांस्कृतिक हक खोस्नु संविधान, ऐन, कानुनको ठाडो उल्लंघन हो । एक किसिमको जातीय अहंकार समेत हो’ विरोधपत्रमा भनिएको छ ।

प्राज्ञिक थलोमा भएको नियुक्ति पञ्चायती शैलीको भएको भन्दै नसच्याए आन्दोलनमा उत्रने चेतावनी आफूहरुले सरकारलाई दिएको धीरेन्द्र प्रेमर्षीले बताए ।

भेटमा प्रधानमन्त्री कोइरालाले भने मधेसी बुद्धिजीवीहरुसँग संयुक्त सरकारका कठिनाइ बुझ्न आग्रह गरेका थिए ।
कांग्रेस, एमाले र एमाओवादीको भागबण्डामा सरकारले हालै नेपाल प्रज्ञा प्रतिष्ठानसहितका प्राज्ञिक थलोमा प्राज्ञहरुको नियुक्ति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment