+
+
Shares

सुशीललाई चुनावमा सघाउने गीता वाग्ले भइन् सभासद

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३० गते १३:०१

३० भदौ, काठमाडौं । मन्त्रिपरिषदबाट मनोनित हुने २६ सभासदमध्ये नेपाली कांग्रेसको कोटामा बाँकी रहेको एक सभासदमा चितवनकी व्यापारी महिला गीता वाग्ले मनोनित भएकी छन् ।

यसअघि मन्त्रिपरिषदले मोरङकी कांग्रेस नेतृ रुक्मिणी कोइरालालाई मनोनित गरेर पनि उनी समानुपातिकको सूचीमा रहेको समाचार अनलाइनखबरले बाहिर ल्याएपछि निर्णय रद्द भएको थियो ।

कोइरालाको स्थानमा मनोनित भएकी वाग्ले पार्टीमा सुशील कोइराला गुटकै हुन् । उनी पार्टीको कुनै पनि कमिटीहरुमा सक्रिय नरहेको कांग्रेसका एक नेताले बताए ।

श्रीमानको व्यापार व्यवसायमा सघाउने वाग्लेले गत संविधानसभा निर्वाचनमा कांग्रेस सभापति कोइराला चितवन ४ बाट उम्मेदवार बन्दा आर्थिक र भौतिक सहयोग गरेकी थिइन् ।

उनी केही वर्षअघि नेपाल परिवार नियोजन संघको चितवन जिल्ला अध्यक्ष भएकी थिइन् । पार्टीका प्रभावशाली नेताहरुसँग निकट सम्बन्ध रहेकी वाग्लेको मनोनयनप्रति कांग्रेसकै कतिपय नेताहरुले आश्चर्य प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?