Comments Add Comment

कांग्रेसका गाउँदेखि केन्द्रसम्मका पदाधिकारीको अवधि १ वर्ष थप

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सहित सम्पूर्ण निकायहरुको कार्यकाल एक वर्ष थप भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सभापति सुशील कोइरालाले विधान अनुसार एक वर्ष कार्यकाल थप्न प्रस्ताव गरेका थिए । कांग्रेस महाधिवेशन प्रत्येक चार वर्षमा हुने वैधानिक व्यवस्था छ ।

असोज पहिलो साता चार वर्ष पुग्ने भए पनि १३ औं महाधिवेशन गर्न असम्भव भएकाले गाउँदेखि केन्द्रसम्मका सबै निकायको अवधि एक वर्ष थप भएको हो ।

कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले भने-‘विधान अुनसार गाउँ, क्षेत्र, जिल्ला र केन्द्रका सबै निकायको म्याद एक वर्ष थप भएको छ, महाधिवेशनको मिति तोक्न असोज ५ गते फेरि बैठक बस्ने भनिएको छ ।’

कांग्रेसका गाउँ, क्षेत्र र जिल्ला कार्यसमितिको म्याद साउन मसान्तमै सकिएको थियो भने केन्द्रको म्याद असोज ५ गतेसम्म थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment