३१ भदौ, काठमाडौं । सीके राउतका समर्थक केही युवाहरुले उनको रिहाइको माग गर्दै मंगलबार संयुक्त राष्ट्रसघको नेपालस्थित कार्यालय अगाडि ब्यानर प्रदर्शन गरेका छन् ।
उनीहरुले राउतलाई स्वतन्त्रताका लागि शान्तिपूर्ण आन्दोलनको ‘महानायक’ समेत भनेका छन् । उनीहरुले प्रदर्शन गरेको ब्यानरमा राउतलाई झुठा मुद्दा नलगाउन र रंगभेदी हिंसा अन्त्य गर्न माग गरिएको छ ।
प्रदर्शनकारीहरुलाई राष्ट्र संघका आवासीय प्रतिनिधि ज्यामी म्याकगोल्डि्रकले कार्यालय बाहिर आएर भेटेका थिए ।