Comments Add Comment

आजदेखि चाडपर्व विशेष सुरक्षा योजना लागू

१ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादसैं नजिकिदै गर्दा काठमाडौं महानगरीय प्रहरीले बुधबारबाट चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ ।

महानगरीय प्रहरीले नेपालीको महान चाडबाड दशैं, तिहार, छठ तथा इद पर्वलाई लक्षित गरी काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बुधवारदेखि चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको छ ।

चाडपर्वका बेलामा हुने पाकेटमार, चोरी डकैती, लुटपाट , चन्दाआतंक, अपहरण र फिरौती जस्ता अपराध नियन्त्रण गर्न तथा सवारी दुर्घटना न्यूनिकरण गर्न उक्त सुरक्षा योजना लागू गरेको प्रहरीको भनाइ छ ।

उपत्यकाका प्मुख व्यापारिक केन्द्र, ठूला तथा मिनी बसपार्क, एकान्त बस्तीहरुमा २४ सै घण्टा साता र पोसाक लगाएका सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment