Comments Add Comment

दशैंअघि एमाओवादीको बैठक नबस्ने

१ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक दशैं अगाडि नबस्ने भएको छ ।

असोज १ गतेबाट बस्ने भनिएको बैठक उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनपछि स्थगित भएको छ । ‘अहिलेलाई स्थगित भन्ने छ, कहिले बस्ने भन्ने तय भएको छैन’ नेता हितराज पाण्डेले अनलाइनखबरसँग भने ।

एमाओवादीले बोगटीको निधनको शोकमा भदौ ३१, असोज १ र २ गते कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको थियो । ५ गते देशभर श्रद्धाञ्जली सभा राखिएको छ ।

असोज ६ गतेबाट संघीय लोकतान्त्रिक गठवन्धनको जिल्लास्तरीय कार्यक्रम भएकाले दशैं अगाडि बैठकको सम्भावना नरहेको एक नेताले बताएका छन् ।

संस्थापन र नेता डा. बाबुराम भट्टराई पक्षको विवाद उत्कर्षमा पुगेपछि एमाओवादीले केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment