Comments Add Comment

मोडलिङका हट मोडल(फोटो फिचरसहित)

Sagun shahi (4)
मोडल सगुन शाहीले चलचित्र ‘ढुवानी’मा काम गरेपछि एउटा उचाई त प्राप्त गरिन् । यसपश्चात उनको निरन्तरता फिल्ममा भन्दा पनि लोक र आधुनिक गीतको मोडलिङमा देखिएको छ ।
थुप्रै लोकगीतमा काम गरिसकेकी सगुन मोडलिङसँगै फिल्ममा जम्ने चाहना राख्छिन् । तर उनले सोचेजस्तो भएको छैन । वुधबार एक कार्यक्रममा भेटिएकी यी मोडलले निरन्तर काम गर्न पाउँदा खुशी लागेको बताइन् । तर फिल्म बनाउनेले उनलाई पत्याइहाल्न सकेका छैनन् ।

करिब ९० को हारहारीमा भिडियोमा काम गरिसकेकी यी मोडलले लोकगीतमा काम धेरै गरेकी छिन् । ‘ढुवानी’ पछि ‘स्टूडेन्ट लाइफ’मा काम गरिसकेकी उनी अब ‘मेरो मान्छे’मा काम गर्न लागेको बताउँछिन् । Sagun shahi (3) Sagun shahi (6)

मोडलिङमा जम्दै गरेकी अर्की मोडल हुन्, बिना तामाङ । अनलाइनखबरको क्यामेरामा फोटो खिचाउँदै गर्दा बिनाले ३० भन्दा बढी भिडियोमा काम गरेको जानकारी दिइन् । उनलाई दर्शकले आधुनिक र लोकगीतको भिडियोमा ज्यादा देख्छन् ।

म्यूजिक भिडियोको क्रेज बजारमा राम्रो भएपछि यतिबेला मोडलिङलाई पेशा बनाउनेहरु पनि बढी नै रहेका छन् । तर, सबैले सफलता पाएका भने छैनन् । संख्यातमक रुपमा भन्दा पनि गुणात्मक रुपमा काम गर्नु आवश्यक छ । यूवायूवतीहरु बग्रेल्ती रुपमा आउँदा प्रतिस्पर्धा पनि बढेको मोडलहरु बताउँछन् । यसैले, पनि दर्शकलाई राम्रा कलाकार चिन्न केही समय लाग्छ नै । मोडलिङमा जम्दै गरेका सगुन र विनाले आफूलाई कसरी अगाडि बढाउने हुन् हेर्न बाँकी छ ।Binu Tamang (7)

Binu Tamang (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment