Comments Add Comment

सार्क मुलुकका गृहमन्त्रीको बैठक काठमाडौंमा शुरु

Saarc
३ असोज, काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा सार्क मुलुकका गृहमन्त्रीहरुको बैठक काठमाडौंमा शुरु भएको छ ।

बौद्धस्थित हायात रिजेन्सी होटलमा पाकिस्तानबाहेक सार्क मुलुकका सबै गृहमन्त्रीहरु भेला भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।

नेपालका गृहमन्त्री वामदेव गौतम, भारतीय गृहमन्त्री राजनाथ सिंहसहित बंगलादेश, भुटान, माल्दिब्स, श्रीलंका र अफगानिस्तानका गृहमन्त्री बैठकमा सहभागी छन् ।

बैठकमा क्षेत्रीय शान्ति, आतंकवाद, लागुऔषध कारोबार, मानव बेचबिखन, भ्रष्टाचार र साइबर अपराध नियन्त्रणमा साझा प्रतिवद्धता जनाउने विषयमा छलफल भइरहेको ढकालले बताए ।

ढकालले अनलाइनखबरसँग भने-अरु एजेण्डा यसअघि पनि सार्कको सरोकारका विषय हुन् तर यसपालि साइबर अपराधको एजेण्डा पनि थपिएको छ । यसमा सार्क मुलुकले आपसमा सघाउने प्रतिवद्धता आउँदैछ ।

सन् २००५मा बंगलादेशको ढाकामा सम्पन्न १३ औं सार्क शिखर सम्मेलनले आतंकवादी क्रियाकलापको निन्दा गर्दै हरेक वर्ष सार्क राष्ट्रका गृहमन्त्री र गृहसचिवको बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।

मन्त्रीस्तरीय बैठकअघि गृहसचिव स्तरीय बैठक भएको थियो । त्यस अघि सार्क मुलुकका अध्यागमन अधिकारीहरुको बैठक भएको थियो ।
प्रधानमन्त्री सुशील कोइरालाले उदघाटन गरेको गृहमन्त्रीस्तरीय बैठकका निर्णयहरुबारे गृहमन्त्री गौतमले पत्रकार सम्मेलन गरेर जानकारी दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment