Comments Add Comment

बैंकहरूको लाभांसमा देखियो पुँजी बढाउनुपर्ने दबाबको असर, कसको कति ?

Bonus distribute-1-1

पुष्प दुलाल

६ असोज काठमाडौं । सञ्चालनमा रहेका ३० वाणिज्य बैंकमध्ये १२ वटाले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई लाभांस वितरण गर्ने घोषणा गरेका छन् ।

केही बैंकहरुले लाभांस वितरण गर्नसक्ने क्षमताभन्दा बढी लाभांस घोषणा गरेका छन् । न्यूनतम चुक्ता पुँजी दुई अर्ब पुर्‍याउन राष्ट्र बैंकले तीव्र दवाद दिएपछि नाफाको दोब्बर बढीसम्म बोनस सेयर वितरण गर्ने घोषणा गरेका हुन ।

३४ करोड रुपैयाँ खुद नाफा कमाएको कुमारी बैंकले ६० करोड रुपैयाँ बराबरका ३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

त्यस्तै ३६ करोड रुपैयाँ खुद नाफा कमाएको एनसीसी बैंकलेे सेयरधनीलाई ३८ प्रतिशत (५५ करोड रुपैयाँ) बराबरका बोनस सेयर दिने निर्णय गरेको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्थाबमोजिम कमाएको नाफाको २० प्रतिशत रिजर्भमा रोखेर बोनस वितरण गर्ने हो भने कुमारीले १५ प्रतिशत र एनसीसीले २० प्रतिशत मात्रै लाभांस दिने क्षमता हो ।

तर, चुक्ता पुँजी बढाउनका लागि उनीहरुले अन्या कोषमा रहेको रकमबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका हुन ।

जगेडा कोषमा रहेको रकम नगद बाँड्न नपाए पनि बोनस सेयर वितरण गर्न भने पाउने व्यवस्था छ ।

प्रतिफल राम्रो

हालसम्म घोषणा गरेका सबै कम्पनीहरुको लाभांस दोहारो अंकमा भएकाले यसलाई निकै राम्रो भन्न सकिन्छ । सबै नविल बैंकले सबैभन्दा बढी ६५ प्रतिशत र लुम्बीनी बैंकले सबैभन्दा कम ११ प्रतिशत छ ।

एभरेष्ट बैंकले ६२ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत, एनसीसी बैंकले ३८ प्रतिशत, कुमारी ३४.७४ प्रतिशत, ग्लोव आइएमई बैंकले २५ प्रतिशत, सिद्धार्थले २३ प्रतिशत सिटिजन्स बैंकले १९.९५ प्रतिशत, सानिमाले १५ प्रतिशत, लाभांस दिने घोषणा गरेका छन् ।

उनीहरुले घोषणा गरेको लाभांस नियामक निकाय नेपाल राष्ट्र बैंक र आ-आफ्नै बैंकको आगामी साधारणसभाले स्वीकृती दिन भने बाँकी छ । त्यसैले घोषणा गरिएको लाभांसमा केही हेरफेर भने हुन सक्छ ।

यद्यपि चुक्ता पुँजी पुर्‍याउन नसक्ने संस्थाहरुलाई भने राष्ट्र बैंकले लाभांस वितरण गर्न रोक लगाएको छ

everest-bank
एभरेष्ट बैंक

एभरेष्ट बैंकले गत वर्षको नाफाबाट सबैभन्दा पहिला लाभांसको घोषणा गरेको छ । बैंकको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

बोनस सेयर जारी गरेपश्चात बैंकको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकले चुक्ता पुँजी नपुगेका बैंकलाई बोनस सेयरमार्फत चुक्ता पुँजी पुर्‍याएपछि नगद लाभांस वितरण गर्न नरोक्ने निर्णर्य गरिसकेकाले एभरेष्ट बैंकले १२ प्रतिशत बोनस सेयर दिएर ५० प्रतिशत नगद लाभांस दिएको छ ।

लगानीकर्ताहरुले एभरेष्टले २० प्रतिशको हाराहारीमा बोनस सेयर दिने अनुमान गरेका थिए । गत वर्षर् १ अर्ब ५४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी २ अर्ब मात्रै भएकाले यो बैंकले आगामी वर्ष लगानीकर्तालाई उच्च प्रतिफल दिने निश्चित छ ।

Nabil-Bank-नविल बैंक

नविल बैंक लगानीकर्तालाई सबैभन्दा बढी लाभांस दिने बैंक हो । बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

गत वर्ष बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो सञ्चालमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो ।

बोनस सेयर वितर पश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । सेयरधनीले १ अर्ब ३७ करोड ११ लाख रुपैयाँ नगद लाभांस पाउने छन् ।

ग्लोबल आइएमई बैंक

Global-IME-Bank-पहिलो पटक खुद नाफा अर्ब बढी कमाएको ग्लोबल आइएमई बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।

गत वर्ष बैंकले १ अर्ब ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिमा बैंकले ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५ अर्व रुपैयाँभन्दा बढी हुनेछ । त्यसैले यो बैंकलाई आगामी वर्ष दोहोरो अंकको प्रतिफल दिन निकै कठिन छ ।

sanima bankसानिमा बैंक

सानिमा बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत -३३ करोड रुपैयाँ बराबरको) बोनस सेयर दिने निर्णय गरेको छ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँँजी २ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले गत वर्ष ४५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो आर्थिक वर्षकोभन्दा ४० प्रतिशतले बढी हो ।

गत वर्षर् बैंकले २४ अर्व ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यसैगरी बैंकले प्रवाह गरेको कूल कर्जाको ०.०२ प्रतिशत खराब कर्जा रहेको छ । यो सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम हो ।

Citizen-Bank-Internationalसिटिजन्स बैंक

सिटिजन बैंकको भदौ २० गते बसेको सञ्चालक समतिको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस र ५.९५ प्रतिशत नगद लाभांसको घोषणा गरेको छ ।

गत वर्ष बैंकले ५६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिमा बैंकले २७ अर्ब ९६ करोड निक्षेप संकलन गरी २३ अर्व १७ करोड कर्जा प्रवाह गरेको थियो ।

Investment-BAnkइन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले बैंकले १५ प्रतिश बोनस सेयर र २५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । .

अघिल्लो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस वितरण गरेको थियो .।

घोषणा गरेको बोनस सेयर स्ीकृत भए बंैकको चुक्ता पुँजी ४ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ । हाल बैकको चुक्ता पुँजी ४ अर्ब १४ करोड रुपैायाँ छ । .

गत वर्ष बैंकले १ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । सो अवधिमा बैंकले ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

Siddhartha-Bank--buildingसिद्धार्थ बैंक

सिद्धार्थ बैंकले सेयरधनीलाई २३.१६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बैंकले भदौ ३० गते १२ प्रतिशत बोनस सेयर र ११.१६ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।

घोषणा गरेको सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी दुई अर्ब तीन करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ छ ।

बैंकले गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकले ३५ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्ष पनि बैंकले १२ प्रतिशत बोनसर १० प्रतिशत नगद लाभांस दिएको थियो ।

Bank-of-Kathmandu-बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले सेयरधनीलाई १०.४२ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ ।

बैंकले भदौ ३० गते उक्त निर्णय गरेको हो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी दुई अर्ब १९ करोड रुपैयाँ हुनेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ९२ करोड रुपैयाँ छ ।

गत वर्ष बैंकले ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकले ३४ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकको ४२६ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३८ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट बैंकले ३८ प्रतिशत बोनस सेयर र २ करोड ४ लाख नगद लाभांस दिने निर्णय गरेको हो ।ncc bank

गत वर्ष बैंकले ३६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

३६ करोड रुपैयाँ नाफा कमाएको बैंकले ५५ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषण गरेको हो ।

बैंकले चुक्ता पुँजी बढाउन रिजर्भमा रहेको रकम बोनस सेयर दिने निर्णय गरेको हो । बैंकसँग १ अर्ब १६ करोड रुपैयाँ रिजर्भ छ ।

प्रस्तावित बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी २ अर्ब २ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ ।

गत वर्ष बैंकले २२ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Laxmi-Bank-लक्ष्मी बैंक

लक्ष्मी बैंकले आर्थिक वर्ष २०७०/०७१को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

बैंकको १५४ औं सञ्चालक समितिको बैठकले २० प्रतिशत (३९ करोड रुपैयाँ बराबरका) बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी दुई अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छ ।

गत वर्ष बैंकले ४७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्ते सो अवधिमा बैंकले ३० अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई ३३.७४ प्रतिशत लाभासं दिने निर्णय गरेको छ ।

बैंकको ७२ औ सञ्चाल समितिको बैठकले ३३ प्रतिशत  (करिब ६० करोड रुपैयाँ बराबरका) बोनस सेयर र कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ छ ।kumari-bank

गत वर्ष बैंकले ३४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले रिजर्भबाट रकम थपेर बोनस सेयर दिने निर्णय गरेको हो । गत असार मसान्तसम्ममा बैंकसँगे कूल रिजर्भ १ अर्ब १७ करोड रुपैयाँ छ ।

गत वर्षसम्ममा बैंकले २७ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment