Comments Add Comment

कांग्रेस-एमालेले सर्वपक्षीय सम्मेलन भाँडे : वैद्य

५ असोज, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेस र एमालेले राजनीतिक निकास नचाहेकाले सर्वपक्षिय राजनीतिक सम्मेलन भाँडिएको बताएका छन् ।

फाइल फोटो
फाइल फोटो

आइतबार खिमा रिजालद्वारा लिखित ‘अविचलित यात्रा’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा वैद्यले भने-‘कांग्रेस-एमालेका साथीहरुले सर्वपक्षिय राजनीतिक सम्मेलनलाई विचार गोष्ठी जस्तो बनाउन खोजेकाले हामीहरुले सहभागी भएनौं ।’

कांग्रेस र एमालले राष्ट्रिय सहमतिको लागि भन्दापनि औपचारिकताको लागि मात्र सम्मेलन गर्न खोजेको उनले बताए । ‘हामीले शान्ति प्रक्रियाका बाँकी काम र संविधानका अन्तरवस्तुमा राष्ट्रिय सहमति गर्न गोलमेच सम्मेलनको माग गरेको थियौं, तर एकदिने विचार गोष्ठीमा सिमित गर्न खोजिएकोले हामी सहभागी भएनौं’ वैद्यले भने ।

माओवादी अध्यक्ष मोहन बैद्यले निकास दिन नसक्ने कुनै कुनैपनि नामको गोष्ठीमा बस्नुको औचित्य नभएको बताए ।

अर्को प्रसंगमा अध्यक्ष वैद्यले माथिल्लो कर्णालीको पिडिए राष्ट्रहित विरोधी भएका बताए । उनले आफ्नो देशलाई अन्धकारमा राखेर नेपालको सम्पदा विदेशीलाई दिन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment