Comments Add Comment

माल्भिकाको ‘हाउ फन्नी’मा, केकी, निशा र प्रिय्रंका

how-funny
कुनै समय नेपाली सिनेमामा आउँदिन भन्ने पूर्व ‘मिस नेपाल’ माल्भिका सुब्बा अब कार्यकारी निर्माता भएकी छिन् । उनले निर्माण गर्न लागेको नयाँ सिनेमा ‘हाउ फन्नी’को आज घोषणा गरिएको छ ।

भिन्न स्टाइलमा घोषणा गरिएको सिनेमाको कार्यक्रमले धेरैको ध्यान तानेको थियो । टिनी बट बिग पिक्चर्स प्रालीको ब्यानरमा बन्न लागेको यो सिनेमालाई निलु डोमा शेर्पाले निर्देशन गर्दैछिन् ।
चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, केकी अधिकारी, प्रिय्रंका कार्की, निशा अधिकारी मुख्य भूमिकामा रहनेछन् । सिनेमाको छायांकन मंसिरको पहिलो साताबाट सुरु हुने निर्माणपक्षले जनाएको छ ।

एक धनाढ्य परिवारकी छोरी हराएसँगै सिनेमाको कथा सुरु हुन्छ । चलचित्रका मुख्य दुई कलाकार प्रिय्रंका कार्की र केकी अधिकारी उक्त केटीको खोजिमा लाग्नेछन् । दुई पात्र सिनेमामा जासुसको रुपमा देखिनेछन् । तर दुइको खोजी निक्कै रमाइलो तबरले हुने निर्मात्री समेत रहेकी माल्भिका सुब्बाले जानकारी दिइन् । malvika-subba

चलचित्रमा कथा तथा परिकल्पना निलु डोमा शेर्पा, लेखन शान बस्न्यात, निर्माता आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा रहेका छन् । चलचित्रमा सुरेश अधिकारी, शैलेस सिङ, शलेन्द्र श्रेष्ठको संगीत, हरी हुमागाँइको छायांकन रहनेछ ।

निर्मात्री माल्भिका सुब्बाले सिनेमा नगरीमा आफू प्रवेश गरेको भन्दै अभिनय आफ्ना लागि नभएको बताइन् । उनले आफूले अभिनय गरेका अघिल्ला सिनेमाको नाम नलिन आग्रह गरिन् । सिनेमामा सबै कलाकारले आफ्नो भूमिका फरक भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment