६ असोज, काठमाडौं । गृह मन्त्रालयले १३ जना एसएसपीको डीआइजीमा बढुवा गरेको छ । मन्त्रालयले बढुवा सिफारिस समितिको सिफारिस गरेका १३ एसएसपीलार्इ डीआइजीमा बढुवा गरेको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।
डीआइजीमा बढुवा हुनेमा रामकुमार खनाल, मनोहर रिमाल, पूर्णसिंह खड्का, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, बिजयलाल कायस्थ, मधु पुडासैनी र माधव जोशी छन् ।त्यस्तै केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधव नेपालको पनि बढुवा भएको छ ।
बढुवा सिफारिसमा बरिष्ठताका आधारमा एक नम्बरमा रहेका रविप्रताप राणालाई भने सिफारिस गरेको थिएन । उनी आइजीपी उपेन्द्रकान्त अर्यालसँगै प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए ।
अर्यालकै अर्का ब्याजी ज्ञानोदराज वैद्य पनि डीआइजी बढुवाको सिफारिसमा परेका छैनन् । उनी बरिष्ठताको रोलक्रममा ५ नम्बरमा थिए ।
सोही ब्याजका रामकुमार खनाल, पूर्णसिंह खड्का र मनोहर रिमाल तीनजना बढुवा सिफारिसमा परेका थिए । रोलक्रमकै ६ र ७ नम्बरमा रहेका एसएसपी रणबहादुर चन्द र हेमन्तवहादुर पाल पनि सिफारिसमै परेनन् ।
बरिष्ठतम १६ जनाभित्र रहेका घनानन्द भट्ट पनि सिफारिसमै परेनन् ।
प्रतिक्रिया 4