Comments Add Comment

शर्मिलाको स्वरमा तारादेबीको गीत सुने दर्शकले

Sharmila Bardewa-onlinekhabarलण्डन/  लोकपि्रय गायिका शर्मिला बर्देवाले दशैंको अवसरमा लण्डनमा एकल कन्सर्ट गरेकी छिन् ।

नेपाली संगीतमा दुई दशक बिताएकी गायिकाको शुभकाना एकल सााझ हेर्न ओइरिएका दर्शकले आइतबार लण्डनको हृयारो फुटबल ग्राउण्ड खचाखच भरिएको थियो ।

लण्डनस्थित रियाज ब्याण्डको लाइभ संगीत रहेको कन्सर्टको सुरुमा बर्देवाले स्वर्गीय तारादेवीका दश वटा कालजयी गीत गाएकी थिइन भने कार्यक्रमको दोस्रो चरणमा उनी आफैले गाएका दश वटा गीत गाएकी थिईन् ।

बर्देवाले आगो लाग्यो दिलैमा, आंखैमा झलझली, मसिंरमा जाडो लगायतका चर्चित गीत गाइ रहंदा कार्यक्रममा उपस्थित दर्शकहरु पनि उनी संगसंगै गाउने र कम्मर मर्काउने गरिरहेका देखिन्थे ।

उनका युगल गीतहरुमा स्थानीय गायक सुजन पराजुली र दिपक थापाले सघाएका थिए ।

Sharmila Bardewa4आफनो जिवनमै पहिलोपटक आयोजना गरेको एकल कन्सर्टमा ठुलो संख्यामा दर्शकको उपस्थितिले निकै उत्साहित वर्देवाले भनिन ‘मैले पहिलोपटक गरेको एकल कन्सर्टमा दर्शकको यति धेरै माया पाए म निकै खुशी छु ।’ भविष्यमा पनि यस्तै कार्यक्रम गरेर नेपालमा सामाजिक क्षेत्रमा केहि गर्न पाए हुन्थ्यो भन्ने चाहना छ उनको ।

अंशु इन्टरमेन्टको संयोजनमा आयोजित शुभकाना एकल सांझको दोस्रो तथा अन्तिम कार्यक्रम आउदो आइतबार फार्नब्रोमा हुने भएको छ । कार्यक्रबाट संकलित रकम नेपालमा सामाजिक क्षेत्रमा खर्चिने बर्देवाको योजना छ ।

धु्रबराज अर्याल
तस्वीर सौजन्यः एभरेष्ट गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment