+
+

एनएमबि बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ८ गते १०:५२

NMB-Bank-LTD

८ भदौ काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोन सेयर पारित भए बैंकको चुक्ता पुँजी २ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब छ ।

सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंक र संस्थाकै आगामि वाषिर्क साधारणबाट स्वीकृति हुन बाँकी छ ।

गत आर्थिक वर्षमा बैंकले ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष बैंकले २६ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?