Comments Add Comment

महिन्द्राले भित्रायो ‘रिवा ईटुओ’को नयाँ मोडल

Mahindra-Reva-e2o
काठमाडौं । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले महिन्द्रा रिवा इटुओको पावर स्टेरिङयुक्त नयाँ मोडल नेपाली बजारमा भित्राएको छ ।

बिजुलीबाट चल्ने इटिुओ अरु गाडीको तुलनामा धेरै किफायती भएको कम्पनीले दाबी गरेको छ । यो कारको मूल्य नेपाली बजारमा २४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

इटुओले कुनै हानिकारक ग्या उत्सर्जन नगर्ने भएकोले वातावरणमा कुनै असर नपार्ने कम्पनीले जनाएको छ । यो कार कम्पनीले राजधानीमा सम्पन्न ‘प्रदुषण रहित काठमाडौं’ विषयक अन्र्तक्रिया कार्यक्रममा प्रस्तुत गरेको थियो ।

अग्नी इन्कर्पोरेटले महिन्द्रा रिवाको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा काठमाडौंमा हुने हानिकारक ग्यासको उत्सर्जन कम गर्न हामीले पुर्‍याउन सक्ने योगदानबारे छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment