Comments Add Comment

कोरियाका संगीतकर्मीसँगै नेपाली कलाकारले स्टेज तताउने

korean-kalakar
‘विश्व पर्यटन दिवस २०१४’ को अवसर पारेर ‘कपन पर्यटन प्रवर्धन बोर्ड’ले असोज ११ गते नेपाल कोरिया सांकृतिक साँझको आयोजना गर्ने भएको छ । उक्त सांकृतिक साँझमा दक्षिण कोरियाका चर्चित संगीतकर्मीहरु हे रुन पार्क र किम सुङ वेई सहभागी हुने पक्का भएको छ । साथमा नेपालबाट मिङ्मा शेर्पा, मिलन अमात्य, दुर्गा खरेल, सन्तोष लामा र विश्व नेपालीको बेजोड प्रस्तुती रहनेछ ।

नेपाली र दक्षिण कोरियाली कलाकारबीच सांकृतिक कार्यक्रमको माध्यमबाट संकृती आदनप्रदान गर्ने उद्देश्यले सांकृतिक साँझको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

असोज ११ गते ३ बजेबाट काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम सुरु हुनेछ । कार्यक्रमबाट प्राप्त हुने कुल आम्दानीको ५० प्रतिशत रकम कपन पार्कमा बुद्ध प्रतिमा निर्माणमा खर्चिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment