Comments Add Comment

मलेसियाको जेलबाट ६० नेपालीको उद्दार गरी नेपाल पर्काइयो

Malysia

रामचन्द्र नेपाल

क्वालालम्पुर । रोजगारीका लागि मलेसिया पुगेर बिभिन्न अभियोगमा जेल जीवन बिताइरहेका ६० जना नेपाली कामदारलाई उद्दार गरी म्यानपावर ब्यबसायीको सहयोगमा नेपाल फर्काइएको छ ।

कसुर पुरा गरी घर फिर्ति केन्द्रमा रहेका तर आर्थिक अभावले टिकट काटेर नेपाल फर्किन नसकेका ती नेपालीलाई बिभिन्न म्यानपावर कम्पनीको सहयोगमा नेपाल फर्काइएको हो । नेपाल बैदेशिक रोजगार ब्यबसायी महासंघ मलेसियाका संयोजक हरि भट्टराईका अनुसार उनीहरुलाई बिभिन्न म्यानपावरले टिकट काटिदिएर निःशुल्क नेपाल फर्किने अबसर दिएका हुन् ।

उनीहरु सवै जना बिहीवार साँझ एयर एशियामार्फत् त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल आइपुगेका छन् । यसैगरी नेपाली राजदूतावास, क्वालालम्पुर र कोप्रासी इमिग्रेसन मलेसियाको पहलमा मलेसियामा अबैधानिकरुपमा रहेका थप ३ सय ९ जना नेपाली कामदारलाई स्वदेश फर्काइएको छ ।

एयर एशिया, कोप्रासी इमिग्रेसन र नेपाली राजदूतावासकै पहलमा एक साता अघि पनि झण्डै साढे तीन सय अबैधानिक नेपाली कामदार नेपाल फर्किएका थिए ।

मलेसियामा अझै हजारौंको संख्यामा अबैधानिक नेपाली कामदार घर फिर्तिको प्रतिक्षामा रहेको बताइएको छ । अबैधानिक नेपाली कामदारलाई घर फर्किनका लागि मलेसिया सरकारले आममाफीको अबसर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment