Comments Add Comment

सुशील कोइरालाले बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीलाई भेटे

१० असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा भाग लिने क्रममा न्युयोर्क पुगेका दुवै राष्ट्रका प्रधानमन्त्रीलाई सुशील कोइरालाले भेटेका हुन् ।

ग्रायन्ड हायत होटल बंगलादेशी प्रधानमन्त्रीसँग भएको भेटमा दुर्य प्रधानमन्त्रीबीच मुलुकको समसामयिक राजनीतिक स्थिति, देशबीचको आपसी सम्बन्ध र आपसी चासोको विषयमा छलफल भएको थियो ।

भेटमा प्रधामन्त्री कोइरालाले नेपालको शान्तिप्रक्रिया र संविधान लेखनमा भइरहेको प्रगति तथा काठमाडौँमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क) शिखर सम्मेलनको तयारीका बारेमा बङ्गलादेशकी प्रधानमन्त्रीलाई जानकारी गराएका थिए भने बङ्गलादेशकी प्रधानमन्त्री बाजेदले सार्कको भूमिकालाई थप प्रभावकारी तुल्याउन यस क्षेत्रका सबै मुलुक मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

त्यस्तै पाकिस्तानी प्रधानमन्त्री सरिफसँग वाल्डरोफ स्टोरिया होटलमा भएको भेटमा दुवै मुलुकको समसामयिक राजनीतिक स्थिति, दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा विचारविमर्श भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको शान्तिप्रक्रिया र संविधान लेखनमा भइरहेको प्रगति तथा काठमाडौँमा हुने सार्क शिखर सम्मेलनको तयारीका बारेमा जानकारी गराएका थिए ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले काठमाडौँमा हुने १८औँ सार्क शिखर सम्मेलनमा भाग लिन आफू आतुर रहेको तथा सार्कको भूमिकालाई थप प्रभावकारी तुल्याउन मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment