Comments Add Comment

अखिलका उपाध्यक्ष बास्तोला अमेरिका पलायन

akhil
१० असोज, भैरहवा । एमाले नेता लालबाबु पण्डितले डीभी भरेर अमेरिका जानेहरुलाई गाली गरे पनि पण्डितको अडानलाई चुनौती दिँदै अनेरास्ववियुका उपाध्यक्ष थोमस बास्तोला स-परिवार अमेरिका हिँडेका छन् ।

डीभी परेर बालबच्चा एवं पत्नीसहित अमेरिका जाने क्रममा युवा नेता बास्तोलालाई अनेरास्ववियूका कार्यकर्ताले त्रिभुवन विमानस्थलमा खादा लगाएर सगर्व विदाइ गरे ।

अखिलका नेता बसन्त न्यौपानेले बास्तोलाको विदाइपछि फेसबुकमा लेखे-‘हाम्रो सङठनका उपाध्यक्ष कमरेड थोमस बस्तोला सपरिवार सपनाको संसार अमेरिका जाँदै हुनुहुन्छ, उहाँलाई सफल दिनहरुको शुभ कामना । उँहाको अभाब अखिललाई खड्किने छ, उहाँको अनुपस्थितिमा ।

सामाजिक सञ्जालमा आलोचना

बास्तोलाको अमेरिका गमनप्रति फेसबुकमा कार्यकर्ता र अन्यले आलोचना र आक्रोशसमेत व्यक्त गरेका छन् ।

बास्तोलाको तस्वीर राखिएको बसन्त न्यौपानेको स्टाटसमा कमेन्ट गर्दै झापाका असरु राजबंशीले लेखेका छन्-‘क्रान्ति र संघर्षबाट पलायन हुनेहरुको किन यतिधेरै माया ?’

त्यसैगरी शुबाकर पौडेलले व्यंगात्मक कमेन्ट गरेका छन्-‘आफ्नै देशमा बसेर देश विकास गर्नुपर्ने पाठ सिकाउने क्रान्तिकारी योद्धा ।’

त्यस्तै प्रकाश अधिकारी लेख्छन् – उहाँको अभाब अखिललाई खड्किने हैन, उहाँलाई चै अखिलको अभाब खडकिने छ ।!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment