Comments Add Comment

कांग्रेस नेताहरुले भने दसैंले राजनीतिक अन्यौल हटाउँछ

११ असोज, काठमाडौं । नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले बडादसैं २०७१ का अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् सभासद् नवीन्द्रराज जोशीले यस वर्षको बडादसैंबाट देशमा विद्यमान राजनीतिक अन्योललाई अन्त्य गर्दै समृद्धिको मार्गमा लैजान प्रेरणा प्रदान गर्ने बताए ।

कांग्रेस काठमाडौं क्षेत्र नं १० का सभापति राजकुमार नकर्मीले बडादसैँले देशलाई राजनीतिक स्थायित्व तथा दिगो विकासमा लैजानका लागि सबैलाई सत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै कांग्रेस कीर्तिपुर नगर समितिका सभापति कृष्णमान डङ्गोलले सकारात्मक सोचका साथ निर्धारित समयमा नै संविधान लेख्ने काम सम्पन्न गरी विगतका उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment