Comments Add Comment

हिमालपारिको जिल्लामा भीमदत्त

bhimduttaकाठमाडौं । कृषिक्रान्तिका नायक भीमदत्तको जीवनमा आधारित चलचित्र ‘भीमदत्त’ हिमालपारिको जिल्ला मुस्ताङमा प्रदर्शन गरिएको छ ।

मुस्ताङको जोमसोङमा रहेको गाविस भवन र लेतमा रहेको विद्यालय भवनमा फिल्म प्रदर्शन गरिएको जानकारी निर्माता नवल खड्काले दिए । ‘१६ सय जनसंख्या भएको जिल्लामा फिल्म देखाउदा पनि ४ सयबढी मान्छे फिल्म हेर्न आएका थिए ।’ नायक समेत रहेका खड्काले भने ।

नेपालका विभिन्न स्थानमा च्यारीटि शो गर्ने उदेश्यले हिंडेका खड्का शनिवार म्याग्दीमा फिल्म प्रदर्शनको तयारीमा ब्यस्त थिए । म्याग्दीपछि बागलुङ हुँदै नारायणघाट जाने उनको योजना छ ।

निशा अधिकारी, सुमिना घिमिरे, रमेश बुढाथोकी लगायतका कलाकारले अभिनय गरेको भिमदत्तको निर्देशन हिमग्याप टासीले गरेका छन् । अमेरिका, हङकङ, चीन र कतारमा पनि यसको प्रदर्शन भइसकेको छ । च्यारीटी शो सकेपछि मात्रै हलहरुमा सार्वजनिक प्रदर्शनी गर्ने उनको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment