Comments Add Comment

फेशन शोमा सिनेमा प्रचार, पुग्ला त फाइदा ?

fashion-show
फाल्गुण १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अझै पनि’ले ६ महिनादेखि नै प्रचारप्रसारलाई चर्को रुपमा अगाडि बढाएको छ । रियाज म्यूजिकसँगको सहकार्यमा नभ्यता म्यागजिनले गरेको ‘नभ्यता फेसन्स नाइट आउट’मा सिनेमाको टोली पुगेको हो ।

कार्यक्रममा सिनेमाका निर्देशक आलोक नेम्वाङले भने-‘सिनेमाले हाम्रै समाजका यूवतीहरुको कथा बोल्छ । यसैले सबैजना सिनेमा हेर्न हलसम्म आउनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’ कार्यक्रममा सिनेमाका कलाकारहरु सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्तको साथमा निर्मात्री तथा फेशन डिजाइनर पूनम गौतम सहभागी थिइन् ।

सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा यो सिनेमालाई पूनम गौतम र सुदर्शन थापाले मिलेर बनाएका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, महेश खड्का, राजनराज सिवाकोटी, हरी लम्सालको संगीत छ । निर्मात्री पूनम गौतमले तयार पारेका डिजाइनमा मोडलहरु र्‍याम्पमा उभिएका थिए । कार्यक्रममा सो स्टपरको रुपमा अभिनेत्री गौरी मल्ल सहभागी थिइन् । ajai-pani-publitcity

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment