+
+
Shares

कसलाई सुगनको याद अझै आउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १२ गते १३:२०

11 copy
झापाली गायक उजन नेम्बाङवको नयाँ एल्बम ‘तस्बिर’मा समावेश ‘तिम्रो याद अझै आउँछ’ बोलको गीतको म्यूजिक भिडियो छायांकन भएको छ । शैलेन्द्र खोखालीले निर्देशन गरेको भिडियोलाई श्रीधर पौडेलले खिचेका हुन् । भिडियोमा गायक उजनको साथमा मोडल सगुन शाहीको मोडलिङ छ ।

सगुनले पहिलो पटक पप गीतको म्यूजिक भिडियोमा काम गरेकी हुन् । पप गीतको भिडियोमा काम गर्दा निक्कै रमाइलो र खुशी लागेको सगुनले बताइन् । नरेश भट्टराइको शब्द, ताराप्रकाश लिम्बुको संगीत रहेको गीतको भिडियो चाडै बजारमा आउने बताइएको छ । भिडियोको छायांकान श्रीकाली चौर र भैसेपाटीमा गरिएको हो । 1 copy 1111 copy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?