Comments Add Comment

उपत्यकामा संगठित रुपमै डकैती गर्ने थोते गिरोह पक्राउ

१२ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयदेखि संगठित रुपमै चोरी डकैतीमा संलग्न गिरोह चोरी र लुटपाटका सामानसहित पक्राउ परेको छ ।

स्थानीयका घर भित्र प्रवेश गरी पेस्तोल, खुकुरी चक्कु लगायतका हातहतियार देखाएर डकैती गर्ने गिरोहका प्रमुख थोते भन्ने मदन रायमाझीसहित ५ जनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

Thote-Gang डकैती गिरोहका मुख्य नाइके भक्तपूर चित्तपोल ७ का मदन रायमाझी र काभ्रे माझिफेदाका मिङ्मार तामाङ सहायक कमाण्डर रहेको अपराध महाशाखा हनुमानढोकाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए ।

रायमाझी यसअघि दुई पटक चोरी अभियोगमा पक्राउ परी जेलबाट छुटेको प्रहरीले जनाएको छ । मिङमार पनि चोरी डकैतीमा यसअघि जेल परिसकेको व्यक्ति हुन् ।

पक्राउ पर्ने अन्यमा काभ्रे माझिफेदा ४ का मनोज तामाङ, धादिङ बैरनी ६ का जगत लामा र रामेछाप बेथान गाविस ६ का खड्ग तामाङ रहेको प्रहरीले जनाएको छ ।

यी अधिकांश बिभिन्न अपराधिक गतिबिधिमा यसअघि पनि पक्राउ परि जेलबाट छुटेका व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको कार्कीले बताए । उनीहरुको थानबाट कटुवा पेस्तोल सहित बिभिन्न सामाग्री बरामद भएका छन् ।

थोते समूहले १० महिनामा १४ घरमा चोरी गरेको खुलेको छ । मुलपानी ५ का चन्द्रवहादुर श्रेष्ठ, लतिलपूर चापागाउका इन्द्रवहादुर महर्जन, चापागाउकै उपेन्द्र न्यौपाने र काठमाडौं बालुवाका इन्द्रवहादुर बिष्टको घर लुटिएको पुष्टि भएको छ ।
त्यस्तै यिनीहरुले कपनका लमु लामा, भक्तपूरका चाँगुनारायणका रामकृष्ण खनाल, शशिकुमार भण्डारी, दधिकोटका हरिबोल न्यौपाने, काठामाडौं कपनका श्याम प्रसाद पौडेलको घरमा पनि लुटपाट र चोरी गरेको स्वीकारेका छन् ।
चोरी डकैतीका १४ घटनामा यिनीहरु संलग्न रहेको र यो गिरोह संगठित अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
चोरी गर्ने बेलामा यिनीहरुले कुकुर मार्ने विषादी र काँचो मासु समेत सँगै बोकेर हिड्थे । जुन घरमा कुकुर छ, उनीहरु पहिले कुकुरलाई विष खुवाएर मारेपछि लुटपाट गर्थे ।

‘यो गिरोह यति सचेत ढंगले डकैती गथ्र्यो कि उनीहरु मोबाइल फोन प्रयोग गर्दैनथे र भेट्ने स्थान पहिलेनै तय गर्थे’ एसएसपी कार्कीले अनलाइनखबरसँग भने ।

मुलपानीका चन्द्रबहादुरको घरमा चोरी गर्ने क्रममा स्थानीयको प्रतिकारमा थोते समूहका कमल भन्ने देव लामाको मृत्यु भएको थियो भने ओके भन्ने शोक तामाङ पक्राउ परेका थिए । साइला भन्ने रामकृष्ण लोप्चन ललितपुरबाट पक्राउ परेपछि नाइके मदनले तामाङ्ग, जिवन तामाङ्ग, लगायतका मानिसहरुलाई साथमा लुटपाट गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment