Comments Add Comment

विदेशबाट घर फर्किदा न घर न सन्तान नै

१४ असोज, काठमाडौ । घरबाट परदेश गएको एक महिनापछि फोनवार्ता हुँदा छोरीहरुले ‘ममी तपाई छिट्टै घर आउनुस् है’ भनेको शब्द उनको मानसपटलमा अझै पनि ताजै छ ।

दुई छोरी, श्रीमान र एक छोरालाई घरमै छाडेर विदेश गएको तीन महिना नपुग्दै राम्चे गाउँ विकास समिति-१ कागुने गाउँकी सरिता तामाङ्ले कहिल्यै नसोंचेको घटना बेहोर्न बाध्य भइन् । ‘विदेश गएको तीन महिनामै सवै सन्तानलाई गुमाउनुपर्छ भन्ने थाहा भएको भए म विदेश नै जाने थिइन,’ सरिताले भनिन्, राजधानी दैनिकमा खबर छ ।

वैदेशिक रोजगारीका लागि तीन महिनाअघि कुवेत पुगेकी थिइन्, सरिता । घरेलु कामदारको रुपमा त्याहाँ पुगेपछि राम्रोसँग काम गरिरहेकी पनि थिइन् । तर, गत १७ साउनमा आफ्नो घर सबै पहिरोले बगाएको खबर फेसबुकबाट थाहा पाएपछि सरिताले केही सोंच्न सकिनन् । नेपालमा रहेका सवै आफन्तलाई उनले सोधीखोजी गरिन् तर सबैले फरक फरक जवाफ दिए । ‘अव घरमा भएको सन्तान कोही बाँकी छैनन् भनेर मैले उतै थाहा पाइसकेको थिए,’ सरिताले भनिन् ।

पहिरोले घर, सन्तान सबैलाई लगेपछि नेपाल आउन उनलाई लामो समय नै लाग्यो । २२ दिनपछि मात्रै उनी नेपाल आइपुगिन् । संजोग पनि कस्तो, जसको खुशीका लागि ठूलो सपना साँचेर धन कमाउनका लागि उनी विदेश गएकी थिइन्, फर्केर आउने दिन उनी सन्तानहरुको काजकिरिया (घेवामा) जानुपर्दा सरिता विक्षिप्त भएकी थिइन् । एयरपोर्टबाट सरितालाई सिधै तामाङ् संस्कृति अनुसार छोराछोरीको घेवा भइरहेको ठाउँमा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment