Comments Add Comment

तिब्बतीयन विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति

१४ असोज, काठमाडौं । चीनले नेपाली विद्यार्थीलाई बौद्ध दर्शनका अध्ययन गर्न छात्रवृत्ति दिने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको तिब्बतीयन विश्वविद्यालयले बौद्ध दर्शनमा निःशुल्क स्नातकोत्तर अध्ययनका लागि नेपाली विद्यार्थी पठाइदिन नेपाललाई प्रस्ताव गरेको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताए ।

प्रस्तावमा औपचारिक निर्णय हुन बाँकी रहेपनि यो प्रस्तावलाई सरकारले सकारात्मकरूपमा लिएको लम्सालले जानकारी दिए ।
छात्रवृत्तिका लागि कहिलेदेखि कति नेपाली विद्यार्थी पठाउने भन्नेबारेमा आगामी नोभेम्बरमा नेपाल सरकार र तिब्बत सरकारका प्रतिनिधिबीच निर्णय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment