Comments Add Comment

सरकारी अस्पतालको ओपिडी सेवा १० दिनमात्र बन्द

१५ असोज, काठमाडौं । सरकारी अस्पतालको ओपिडी सेवा वर्षमा १० दिनभन्दा बढी बन्द गर्न नपाइने भएको छ । दसैं तथा तिहारजस्ता लामो बिदा हुने पर्वमा समेत लगातार दुई दिनभन्दा बढी ओपिडी सेवा बन्द हुने छैन् ।

साप्ताहिकबाहेक हरेक पर्व तथा सार्वजनिक बिदामा अस्पतालको ओपिडी सेवा बन्द हुँदा उपचार सेवा प्रभावित भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदा कटौतीको निर्णय गरेको नयाँ पत्रिकामा खबर छ ।

शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले ओपिडी बन्द हुने १० दिन मध्ये पनि लगातार दुई दिनभन्दा बढी गर्न नपाउने निर्णय गरेको छ।

स्वास्थ्य सेवा अन्य सेवाजस्तो नभएको उल्लेख गर्दै स्वास्थ्य मन्त्री खगराज अधिकारीले बिरामी हुनलाई चाडपर्वविशेषले नरोक्ने भन्दै सेवा पनि सुचारु गर्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment