Comments Add Comment

यस्तो छ नव जोडीको दसैं योजना

Rajesh-and-madhu
१६ असोज, काठमाडौं । यो बर्ष नेपाली सिनेमाका चर्चित कलाकारहरु बिहे बन्धनमा बाधिएकाले पनि उनीहरुको पहिलो दसैं विशेष हुँदैछ । नायक आर्यन सिग्देल, अनुप बराल, नायिका रेजिना उप्रेतीदेखि नायक राजेश हमालसम्मका लागि यो बर्षको दसैं विशेष भएको छ । ससुराली जानेदेखि रमाइलो गर्ने उनीहरु रमाइरहेका छन् ।

कलाकार दीया मास्के यसपटक आफ्नो दसैं बिशेष बनाउन श्रीमान कलाकार अनुप बरालको घर पोखरा पुगेकी छिन् । बिबाह गरेपछिको पहिलो दसैं भएकाले पनि आफू निक्कै उत्साहित भएको उनको भर्ना छ । यसअघिसम्म एकनाश रहेको दसैं यसपटक ऐतिहासिक हुने उनको भनाई छ । उनको सासुआमाले सबै नातागोतासँग भेट गराउने र घुमाइदिने भएकाले पनि उनी उत्साहित भएकी हुन् । नयाँ घरमा नयाँ तरिकाले पहिलो पटक दसैं मनाउन पाएकोमा उनी दंग छिन् ।

aryan-and-sapanaयता नायक आर्यन सिग्देल पनि दसैंमा पहिलो पटक ससुराली जाादै छन् । वैशाखमा सपना भण्डारीसँग बिहे गरेका आर्यनका लागि ससुराली अनुभव पहिलो हो । थानकोटमा आफ्नो घरमा टीका लगाएर आर्यन सपनाको घर जोरपाटी पुग्नेछन् ।

थानकोटामा आफ्ना बुबा आमा नभएकाले पनि उनी एकजना ठूलो बुबाको हातबाट टीका लाउने तयारीमा छिन् । आर्यनका माता पिता अष्ट्रेलिया पुगेका छन् । यसकारण ठूलो बुबाको हातबाट टीका लगाएर आर्यनले आफू ससुराली जाने बताए ।

नायक राजेश हमालका लागि यो बर्षको दसैं विशेष हुनेछ । कारण, ५० बर्षको उमेरमा बिहे गरेका हमाल पत्नी मधु भट्टराइको घर सुनसरी पुग्नेछन् । हमालका लागि ५० बर्षमा पहिलो पटक ससुरालीको अनुभव विशेष हुनेछ । सधैजसो दसैंमा अमेरिका पुग्ने हमाल यसपटक भने नजाने भएका छन् । चलचित्र बागमतीको छायांकनमा व्यस्त भएकाले पनि हमाल अमेरिका जान नसक्ने भएका हुन् । हमाल तिहारमा पत्नी मधुको साथमा अमेरिका जाने बुझिएको छ ।

rejina-upreti-marriage-2

यता नायिका रेजिना उप्रेतीले बिहे पछिको पहिलो दसैं भएकाले टीका लगाउन धेरै ठाउँमा जाने तयारीमा रहेको बताइन् । रेजिना फूलपातीको दिन घर धादिङको ढोला पुगेकि छिन् ।

घरतिरका नयाँ मानिसहरु उनले चिन्न नै पाएकी छैनन् । सबैलाई चिनेर उनी टीकाको भोलीपल्ट माइती घर गजुरी जाने तयारीमा छिन् । श्रीमान आएको खण्डमा माइतीका धेरै घरमा टीका लगाउन जाने योजना उनको छ । तर, श्रीमान बेलायतबाट नआएको खण्डमा भने उनी आमा घरबाहेक अन्त नजाने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment