Comments Add Comment

बिजयकुमारले ‘खित्खिते’ भनेपछि दीपकराज गिरी आक्रोशित

Dipak-raj-and-bijaya-kumar१९ असोज, काठमाडौं । पत्रकार बिजयकुमारले लेखेको पुस्तक ‘खुसी’मा हास्य कलाकारमाथि गरिएको टिप्पणीप्रति कलाकार दीपकराज गिरीले आक्रोश पोखेका छन् ।

बिजयकुमारको पुस्तकमा भनेका छन- ‘टेलिभिजन खित्खिते (हास्य) कार्यक्रमले भरिए, यो त्यस्तो देश हो जहाँ नायकभन्दा खित्खितेहरु चर्चित भए ।’

बिजयको यस्तो टिप्पणीप्रति दीपकले फेसबुकबाट जवाफ दिएका छन् । उनले भनेका छन्- बिचरा बिजयजी, जसलाई तपाई खित्खिते भन्नुहुन्छ, त्यसलाई हामी हास्यब्यङ्ग्य भन्छौं, सवै खित्खिते एउटै हुन्नन्, सवै खित्खिते कार्यक्रम खराव हुन्नन, तपाईको भाषामा मदनकृष्ण दाइ र हरिवंश पनि खित्खिते भए, जसलाई आजको मितिमा सवैभन्दा बढि सम्मान गर्छन नेपालीहरुले ।’

दीपकले प्रश्न गरेका छन- को नायक ? दश तल्ला माथिबाट डोरीको सहाराले हामफाल्ने र तरुनीसँगै बगैचामा नाच्ने ? ५० जना गुण्डालाई एकै लातमा ढाल्ने, ती मात्र हुन र नायक ?’

‘म ती नायकलाई पनि गाली गर्दिन किनकी संसारमा सवैको पेशा महत्वपूर्ण र चुनौतीले भरिएको हुन्छ ।’ दीपकराज बिजयकुमारलाई कटाक्ष गर्दै भन्छन- अरुको अस्तित्वलाई कमिलो देख्ने पढे लेखेका ढोंगीहरुको देश भयो यो ।’

जसले अरुको पेशालाई सम्मान गर्दैन उसले आफ्नो पेशालाई पनि न्याय गर्दैन भन्दै दीपकले सोधेका छन- तपाईलाई पनि कसैले सोधपुछे कार्यक्रम चलायो भन्यो भने के हुन्छ ? अन्तवार्ता लिनु त्यही सोधपुछ त हो । अरुले गरेको कामलाई तपाईले के गर्नुभयो भनेर सोध्ने, यसमा तपाईले के गर्नु भयो र ? तर म त्यसरी सोच्दिन, तपाईको पेशा पनि संबेदनशील छ ।’

Dipak-statius

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment