Comments Add Comment

दसैंमा काठमाडौंमा मात्रै ४५ करोडका खसीबोकाको बिक्री

khasi-2
२१ असोज, काठमाडौं । यो वर्ष दसैंमा राजधानीमा मात्रै ४५ करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् । दसैंको एक हप्ताभर चौपाया खरिद बिक्री सेवा संघले ४५ करोड र खाद्य संस्थानले ५० लाख रुपैयाँ बराबरको खसीबोका बिक्री गरेका हुन् ।

संघले यो वर्ष ३५ हजार खसी बोका बिक्री गर्ने लक्ष्य राखे पनि अत्यधिक माग बढेका कारण काडमाडौं, ललितपुर र भक्तपुरबाट ४५ हजार खसीबोका बिक्री गरेको अध्यक्ष दीपक थापाले जानकारी दिएको नागरिक दैनिकमा खबर छ ।

घटस्थापनाको अघिल्लो दिनदेखि नै खसी बोका भित्र्याउन सुरु गरेको संघले ५० करोडको कारोबार गर्ने लक्ष्य राखेको थियो ।

निजी व्यवसायीले सबैभन्दा बढी संख्यामा खसीबोकाको बिक्री गरे पनि सरकारी निकाय खाद्य संस्थानले भने तयारी गरेअनुसार खसीबोका बेच्ने सकेन । यसवर्ष तीन हजार चार सय खसीबोका बेच्ने तयारी गरेको संस्थानले ५ सय मात्र खसीबोका बिक्री गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment