Comments Add Comment

बुधवारका दैनिक पत्रिकामा बिजनेश खबर

बुधवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुका खबर प्रकाशित गरेका छन् ।

कारोबार दैनिकले ‘११ मुलुकमा अर्बभन्दा बढीको निर्यात’ शीर्षकमा मुख्य खबर छापेको छ । गत आर्थिक वर्षमा नेपालबाट ११ मुलुकमा १ अर्ब रुपैंयाँ भन्दा बढीको उत्पादन निर्यात भएको छ । अघिल्लो वर्ष एक अर्ब भन्दा बढी निर्यात हुने मुलुकको संख्या ८ मात्रै थियो ।

यस्तै, उपचार नपाई सेवानिवृत्त भए सशस्त्रका डीआईजी, आन्दोलनमै सकिए मधेसका वन, दसैंमा ८० हजार खसीबोका खपत, गण्डकी रेन्बो ट्राउटमा अमेरिकाबाट अण्डा, डचफार ट्याक्टरको खरिदमा ७ लाखसम्म नगद छुट लगायतका खबर कारोबार दैनिकमा छ ।

नागरिक दैनिकले ‘कन्टेनर भाडा तीन लाखसम्म’ शीर्षकमा मुख्य खबर छापेको छ । सिन्धुपाल्चोकको जुरे पहिरो खुलेपछि दसैंअघि ब्यवसायीले एक कन्टेनर सामान तातोपानीबाट काठमाडौसम्म ल्याउन तीन लाख रुपैंयाँसम्म तिरेका छन् ।

यस्तै, बेमौसमी खेती गर्न अमेरिकाबाट माछाका अण्डा आयात, पाँच महिनामा दुई सय १९ उद्योग दर्ता, केरुङ्को ‘टेस्ट रन’ स्थगित, जहाज विक्रीमा बोइङ अगाडि, मुस्ताङबाट २५ करोडका भेडाच्यांग्रा निकासी, सुनको ब्यापार ५० प्रतिशतले घट्यो लगायतका खबर नागरिक दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले ‘आर्थिक वृद्धि पाँच प्रतिशत भन्दा कम हुने प्रक्षेपण’ शीर्षकमा मुख्य खबर छापेको छ ।

यस्तै, दसैंमा पनि फर्केन मजदुरका खुसी, म्याग्दीमा कर छल्दै क्रसर उद्योग, राजधानीका सडकमा सौर्य बत्ती, विदेशबाट फर्केर कृषिमा रम्दै युवा, तीनवटा पाँचतारे होटल खोलदै सिल्भर हेरिटेज, नेपालगञ्ज हुँदै मानसरोवर जाने पर्यटक घटे लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।

आर्थिक दैनिकले ‘नेपालमा चिनियाँ लगानी वृद्धि हुँदै’ शीर्षकमा मुख्य खबर छापेको छ । नेपाल र भारतबीच द्विपक्षीइ ब्यापार सम्झौता (विप्पा) भएपछि नेपालमा भारतीय लगानी वृद्धि हुने संकेत देखिएकोले नेपालले चीनसँग पनि विप्पा गर्ने भएको छ ।

यस्तै, महानगरपालिकाको फोहरमा खर्च प्रत्येक वर्ष बढ्दो, प्राधिकरणको बक्यौता आठ अर्ब नाघ्यो, छोटी भन्सारको जग्गा प्रयोगविहिन, राजधानीका मुख्य सडकमा धमाधम सौर्यबत्ती जडान हुँदै, उपात्याका प्याराग्लाइडिङ गर्न पाइने, कामदारको अभावमा करोडौं रुपैंयाँ विदेशिदै, दसैंमा स्थानीय खसी विक्री भएनन् लगायतका खबर आर्थिक दैनिकमा छ ।

annpurna-eco

atthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment