Comments Add Comment

आमिर खान गौतमबुद्ध विमानस्थलमा

aamir

सलमान खान

२२ असोज, भैरहवा । बलिउड अभिनेता आमिर खान भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा उत्रेका छन् । यति एअरलाइन्सको चार्टर प्लेनवाट गौतमबुद्ध बिमानस्थलमा पुगेका आमिर केहीबेरमै कपिलबस्तु प्रस्थान गर्ने भएका छन् । उनको सुरक्षाका लागि प्रहरीका उच्च अधिकारी विमानस्थलमा तैनाथ छन् ।

कडा सुरक्षा

खानलाइ नेपाल प्रहरीले कडा सुरक्षा उपलब्ध गराएको छ । खानकै सुरक्षाका लागि कपिलबस्तुमा बुधवार विहान चार सय सुरक्षाकर्मी तैनाथ छन् । दुइ सय शसस्त्र र दुइसय नेपाली प्रहरीले खानको सुरक्षा प्रबन्ध मिलाएको छ भने, कपिलबस्तुमा भारतीय सुरक्षाकर्मी पनि तैनाथ छन् । भारतीय प्रहरीलार्इ सादा पोशाकमा खटाइएको छ ।

युनिसेफले सञ्चालन गरेको पोषण कार्यक्रममा सहभागी हुन मंगलवार उनी भैरहवा पुगेका हुन् ।  बिहान आठ नबज्दै युनिसेफका अधिकारी उपस्थित भएका थिए भने  सडक बिहानैदेखि क्लियर गरिएको थियो ।

अमिर खानको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मी
अमिर खानको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मी

कपिलबस्तुस्थित पकडी हेल्थपोष्टमा आयोजना हुने कार्यक्रममा सहभागी हुने खानले पकडी ६ सेमरउटीमा आमा समूह र वालवालिकाको उपचार गर्ने तरिकावारे अबलोकन गर्ने छन् ।

होक्केमा नास्ता, मायादेवी मन्दिर दर्शन

कपिलबस्तुको कार्यक्रम सकिएपछि लुम्बिनीमा रहेको होक्के होटलमा खाना खाने र मायादेवी मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । आमिर सहभागी कार्यक्रममा सञ्चारकर्मीलाइ प्रवेश गराउने सम्भावना न्युन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment