+
+
Shares

शिल्पालाई ‘नम्बर १’ बन्न छविको आशिष

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २२ गते १३:३९

chabi-and-silpa
सिनेमा ‘लज्जा’ प्रदर्शनको दिन नजिकिएपछि निर्माता छविराज ओझा र नव-कलाकार शिल्पा पोख्रेलको चर्चा सिने बजारमा चुलिएको छ । छविले शिल्पाले चाहे आफू बिहे गर्न समेत तयार भएको बताइरहेका छन् ।

उनै शिल्पालाई दशैको अन्तिम दिन टिका लगाइदिदै छविले ‘नम्बर १’ हिरोइन बन्न आशिष दिएका छन् । यसअघि छविले नायिका रेखा थापालाई यो आशिष दिदै आएका थिए । छविले उत्कृष्ट नायिका बन्न भन्दै आशिष दिएपछि शिल्पा पनि भावूक बनिन् ।

छविको अफिसमा टिका लगाउन केही सिनेकर्मीसमेत पुगेका थिए । कात्तिक ७ गते छविले निर्माण गरेको चलचित्र ‘लज्जा’ प्रदर्शनमा आउँदैछ । यही सिनेमाबाट डेब्यू गरेकी शिल्पालाई छवि यतिबेला सिने बजारमा स्थापित गराउने धुनमा छन् । यतिबेला छविको नजरमा शिल्पा देशकै ‘नम्बर १’ नायिका भएकी छिन् । नवल नेपालले निर्देशन गरेको यो सिनेमामा आर्यन सिग्देल मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?