Comments Add Comment

एनआरएन ‘डे’ को अवसरमा साताव्यापी कार्यक्रम

nrna_logo_latest२२ असोज काठमाडौं । गैर आवासीय नेपाली संघले एनआरएन ‘डे’ को अवसरमा एक हप्ते कार्यक्रम गर्ने भएको छ । सो अवसरमा अक्टोबर ५ देखि १४ सम्म विभिन्न कार्यक्रम गर्न लागिएको एनआरएनले जनाएको छ ।

संघले अक्टोबर ५ तारिखमा मध्यमपश्चिम क्षेत्रका बाढी पीडितलाई सहयोग हस्तान्तरण गरेको छ भने विहीबार गोकर्ण गल्फ रिसोर्टमा गल्फ प्रतियोगिता आयोजना गरेको छ । त्यसैगरी शुक्रबार नेपालको पर्यटन क्षेत्रको विकासमा एनआरएनको भूमिका विषयमा छलफल कार्यक्रम राखेको छ ।

शनिबार प्रधानमन्त्री सुशील कोइरालाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्ने एनआरएन सचिवालयले जनाएको छ । आइतबार विदेशी लगानी विषयमा अमेरिकी अध्ययन प्रस्तुत गर्ने कार्यक्रम एनआरएनले तय गरेको छ ।

शनिबारकै दोस्रो सेसनको कार्यक्रममा नेपालमा एनआरएनको लगानी विषयमा अन्तर्क्रिया हुने जनाइएको छ ।

उक्त अन्तर्क्रियामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेल, एनआरएनका अध्यक्ष शेष घलेलगायतले मन्तव्य राख्ने कार्यक्रम छ । धनगढीमा पुगेर समापन हुने कार्यक्रममा महिला श्रमिकका विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment