Comments Add Comment

सपनाको असर दाम्पत्य सम्बन्धमा

Dampati
एक नयाँ अध्ययनले पहिलोपटक हामीले देख्ने सपनाले हाम्रो प्रेम वा दाम्पत्य  सम्बन्धमा प्रभाव पार्ने तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार अघिल्लो रातमा  देखेको सपनाको प्रभाव अर्को दिन हामीले आफ्नो पार्टनरसँग गर्ने व्यवहार तथा अन्तरक्रियामा पर्छ ।

अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार धोकाधडी, इष्र्या तथा अन्य खराब सम्बन्धका आचरण सम्बन्धि सपनाहरुले दाम्पत्य सम्बन्धमा तनाव ल्याउँछन् । अघिल्लो रात यस्ता खराब सपना देखियो भने अर्को दिन लोग्ने स्वास्नीबीच झगडा हुने, द्धन्द उत्पन्न हुने र सौहार्दतामा कमी आउने शोधकर्ताहरुको निष्कर्ष छ ।

‘धेरै मानिसहरुले उनीहरुले देख्ने सपनाका विषयमा ध्यान दिँदैनन् र त्यसले उनीहरुको मगजको अवस्थामा पार्ने प्रभावका बारेमा पनि अनभिज्ञ हुन्छन् ।’ मुख्य शोधकर्ता तथा मेरिल्याण्ड विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक डाइलान सेल्टरम्यान भन्छन् ।

उनका अनुसार पछिल्लो अध्ययनले सपना र दाम्पत्य सम्बन्धका बीचमा दहि्रलो सम्बन्ध रहेको देखाएको छ । यो अध्ययनको निष्कर्ष सोसल साइकोलोजी एण्ड  पर्सनालिटी साइन्स जर्नलमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment