Comments Add Comment

कोके भन्छन्-रोनाल्डो खेलाडी हुन्, मेस्सी भगवान

Messi-wirh-Ronaldo

२३ असोज, काठमाडौं । क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सी मध्ये को विश्वको उत्कृष्ट फुटबलर भन्ने बहसमा कोके सहभागी भएका छन् ।

एल्थेटिको मड्रिडका मिडफिल्डर कोकेलाई एक अन्तर्वार्तामा उत्कृष्ट खेलाडी मा रोनाल्डो र मेस्सी मध्ये एक छान्न भनिएको थियो ।

उनले भनेका छन्-‘दुबै शानदार फुटबल खेलाडी हुन् । रोनाल्डो खेलाडी हुन् । मेस्सी भगवान हुन् र उनीहरुले फुटबल मैदानमा जे गर्छन् त्यो दर्शनीय छ ।’

मैदानमा मेस्सीलाई मार्क गर्न निकै कठिन हुने भन्दै उनले अघि भनेका छन्-‘उनी सँधै मेरो टिममा होस् भन्ने लाग्छ । रोनाल्डो पनि । तर, म मेस्सीलाई नै छान्छु ।’

उसो त कोकेलाई बार्सिलोनाले भित्र्याउने प्रस्ताव नराखेको पनि होइन । तर, उनले एथ्लेटिको मड्रिडमा नै बस्ने निर्णय गरे ।

उनले भने-एथ्लेटिको बस्ने निर्णयमा म खुसी छु । मैले यहाँ जीवन जिताए र यो छोड्ने समय होइन । हामीले धेरै ट्रफी जित्नुछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment